क्लिनफिड लागू गर्न सरकारलाई निर्देशन

हेटौडा न्युज
५ आश्विन २०७७, सोमबार १४:५७
;

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले विज्ञापनरहित टेलिभिजन च्यानल (क्लिनफिड) लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले समयमै विज्ञापन बोर्ड गठन गरेर विज्ञापनरहित टेलिभिजन च्यानल (क्लिनफिड) लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको सोमबार बसेको बैठकले आगामी कात्तिक ८ गतेदेखि क्लिनफिड लागू गर्ने निर्देशन दिएको छ । सो निर्देशन अनुसार सरकारले कार्तिक ८ गतेसम्मको समयावधि अगावै विज्ञापन बोर्ड गठन गर्नु पर्नेछ ।

समितिले कात्तिक ७ गतेभित्रै उक्त बोर्ड गठन गर्दै क्लिनफिड लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘विज्ञापन (नियमन गर्ने) ऐनको पूर्ण कार्यान्वयनका लागि २०७७ कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापन रहित बनाउन समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिर्नेशन गर्दछ’, समितिको निर्देशनमा भनिएको छ।

साथै, समितिले क्लिनफिड लागू गर्दा नेपालको टेलिभिजन च्यानल हेर्ने दर्शकलाई पर्ने असरको बारेमा पनि जानकारी गराउन निर्देशन दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*