राक्सिराङमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, १ घाइते

हेटौडा न्युज
५ आश्विन २०७७, सोमबार १७:२४
;

मकवानपुर । मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ३ सरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ना १ ज ७१७५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का १३ वर्षिय रिजन तितुङ र ११ वर्षिय अनुप वाइवा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

त्यस्तै, सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २७ वर्षीय सुरज शाही रहेका छन् । उनको उपचारको लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ ।

जिप चालक राक्सिराङ–५ बस्ने भिषण प्रजालाई नियन्त्रण रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*