राक्सिराङ दुर्घटना: घाइते शाहीको पनि मृत्यु

हेटौडा न्युज
६ आश्विन २०७७, मंगलवार ०८:२५
;

मकवानपुर । मकवानपुरको राक्सिराङमा भएको बोलेरो जिप दुर्घटनमा परी घाइते भएका सुरज शाहिको पनि मृत्यु भएको छ । हिजो सोमवार दिउँसो भएको बलेरो जिप दुर्घटनामा परी २ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका २७ वर्षीय शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षिय रिजन तितुङ र ११ वर्षिय अनुप वाइवा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*