सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले लगातारको बाढी पहिरोको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोक जिल्लालाई विपदग्रस्त क्षेत्र धोषण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला अत्यन्त जोखिम अवस्थामा रहेको र लगातार विभिन्न प्रकृतिक विप्पतीको सामना गर्दै आएकोले सरकारले विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको हो ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले लगातारको बाढी पहिरोबाट ठूलो क्षति बेहोरिरहेको सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न लागेको बताइएको छ ।
२०७२ सालको भूकम्पमा तीन हजार भन्दा धेरैको ज्यान गएको सिन्धुपाल्चोकमा त्यसपछि हरेक वर्ष प्राकृतिक विपत्तिबाट ठूलो धन जनको क्षति हुने गरेको छ।










