देउराली पहिरो अपडेट– स्कार्पियो चालकको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउरालीमा पहिरोले स्कपियो पुरिँदा एक जनाको मृत्यु भएको छ । भीमफेदी–कुलेखानी सडकखण्डको देउराली–कुलेखानी उकालामा पहिरोले स्कार्पियो पुरिँदा स्कपियो चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कार्पियो चालकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अबिरल वर्षाका कारण देउरालीमा आज बिहान पहिरो जाँदा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नम्बरको स्कार्पियो पुरिएको थियो ।
घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।
यो पनि पढ्नुहोस्ः
मकवानपुरको इन्द्रसरोवरमा पहिरो, स्कपियो पुरियो