धादिङको गलौदीमा पहिरो, २ वटा सवारी पुरिए

हेटौडा न्युज
७ आश्विन २०७७, बुधबार ११:०७
;

काठमाडौं । धादिङको गलौदीमा पहिरो खस्दा २ वटा सवारी पुरिएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ गलौदीमा पहिरो खस्दा २ वटा सवारी पुरिएका हुन्।

अबिरल वर्षका कारण खसेको पहिरोले काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौंतर्फ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय सवारी पुरिएको हो । पहिरोका कारण पुरिएका सवारीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो पन्छाउनको काम भइरहेको गजुरि प्रहरीले जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*