देउराली पहिरो अपडेट– मृतक स्कार्पियो चालकको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ मा खसेको पहिरोले स्कपियो पुरिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । हेटौंडा–कुलेखानी–काठमाण्डौ सडक खण्डको देउरालीमा आज विहान खसेको पहिरोले स्कर्पियो पुरिँदा बारा जिल्ला प्रसौनी गाउँपालिका–४ निवासी युनिष आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर राना अनुसार आलमको घटना स्थलमा नै मृत्यु भएको थियो । स्कर्पियोमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबरको स्कर्पियोलाई ईन्द्रसरोबरको देउराली नजिक पहिरोले पुरेको थियो ।
पहिरोका कारण स्कर्पियोसंगै बा ९७ प ४८५१ नंबरको मोटरसाईकलमा पनि क्षेति पुगेको थियो । मोटरसाइकलमा सवार दुई जनाको उद्धार गरिएको प्रवक्ता रानाले बताए । उनले उद्धार गरिएका दुबै जनाको खुट्टामा चोट लागेको र उपचारको लागि काठमाण्डौ पठाईएको बताए ।
यो पनि पढ्नुहोस्ः