वन क्याम्पस हेटौंडाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप

हेटौडा न्युज
७ आश्विन २०७७, बुधबार १६:१७
;

मकवानपुर । कृषि तथा वन विज्ञान विश्व विद्यालय हेटौंडाले शैक्षिक शत्र २०७६ सञ्चालन नगरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय वन सकाय हेटौंडाले २०७६ पौष ५ गते प्रवेश परीक्षा लिई सोही दिन बेलुका नै सार्वजनिक रुपमा प्रकाशित गरिएको नतिजामा नाम निकालेका विद्यार्थीहरुले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।

जारी विज्ञप्तिमा शैक्षिक शत्र २०७६ को भर्ना कार्यक्रम छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्ने, क्याम्पसमा अध्यापन कार्य सुरु गर्नुपर्ने, विद्यार्थी संगठनसंग छलफल गरी अध्ययन अध्यापन गर्ने वातावरण बनाउनुपर्ने र डिन कार्यालय विद्यार्थीको भविष्य प्रति जिम्मेवार हुनुपर्ने माग गरिएको छ ।

प्रवेश परीक्षा समेत पास गरिसकेका विद्यार्थीहरुले क्याम्पस भित्रको राजनितिक चलखेल र क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनका कारण २०७६ को शैक्षिक शत्रको अन्तिम हुँदा पनि क्याम्पस गएर पढ्न नपाएको गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*