ओली–प्रचण्ड छलफल जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष बिच समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको हो ।
बालुवाटारमा बिहान साढे ११ बजेबाट सुरु भएको छलफल अहिले पनि जारी रहेको छ ।
समसामयिक राजनीतिक विषय, मन्त्रिमण्डल पुनर्गठन र एकताका प्रक्रियालाई टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको जनाइएको छ ।
मंगलबार बसेका सचिवालयको बैठकले एकताका बाँकी कामको टुंगो लगाउनेगरी दुई अध्यक्ष र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।