जफत गरिएको प्याज ६० रूपैयाँमा बिक्री वितरण

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार ११:४०
;

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० रूपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ ।
हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेको हौु , उनले भने, एक जनालाई तीन किलोसम्म दिन थालेको छौ ।

उनका अनुसार ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ ।
केही दिन अघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए ।

प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजारमूल्य भन्दा बढी बिक्रीको पाइएमा हस्तक्षेप गरी आफैँ बिक्री गर्ने जानकारी दिए ।

(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*