बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवन । चितवनका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–१३ का ६३ वर्षीय जन्हु महतो (चौधरी)को बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान सवा १० बजेतिर बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले निकुञ्ज सुरक्षार्थ तैनाथी नेपाली सेनाको टोली बोलाएर बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास थालिएको जनाइएको छ ।