रक्सीको आयात खोल्ने तयारीमा सरकार
काठमाडौं । सरकारले करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने तयारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेको थियो ।
मदिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्रोतले जनाएको छ ।











