थप १३ सय ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७४ हजार नाघ्यो

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १६:३६
;

काठमाडौं । नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ ।

हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*