माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई जना घाइते

स्याङ्जा । स्याङ्जामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । वालिङ ११ पेखुमा माटोको ढिस्कोले पुरिएर दुई जना घाइते भएका छन् ।
गिट्टी निकाल्न गएका पुरिएर वालिङ–११ का ३९ वर्षीया दुर्गा थापाको मृत्यु भएको हो । ढिस्कोले पुरिएर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै ढिस्कोले पुरिएर स्थानीय ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिंजाली घाइते भएका थिए । उनीहरुको वालिङ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।