बलात्कार र हत्या घटना रोक्नका लागि गम्भीर बहस गर्न कांग्रेसको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बढ्दो बलात्कार र हत्या घटना रोक्नका लागि गम्भीर बहस गर्न सरकारसँग अपील गरेको छ । काँग्रेसले एक विज्ञप्ति जारी गर्दै महिला हिंसा, बलात्कार र हत्याका बढ्दो घटना निरुपण एवं निराकरणका लागि गम्भीर बहस र गम्भीर पहलकदमीको अपील गरेको हो ।
देशको विभिन्न स्थानमा बलात्कारका घटना व्यापक वृद्धि भएकोले यसलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न काँग्रेसले विज्ञप्ती मार्फत आग्रह गरेको हो ।
यस्तो छ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति: