कांग्रेसले सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले देशव्यापी विरोध गर्ने निर्णय गरेको हो ।
सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध आन्दोलन गर्ने निर्णय गरेको हो ।
असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ ।
ठूला भ्रष्टाचार काण्डमा सरकार नै जोडिएकोले देशैव्यापी विरोध गर्न लागिएको कांग्रेसले जनाएको छ ।