मोटरसाईकल पोलमा ठोक्कियो, एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर–४ बस्ने दिनेश मण्डल रहेका छन् ।
बुधबार १६ प ४७९४ नम्बरको मोटरसाईकल हरिनगरस्थित रोडमा रहेको पोलमा ठोक्किदाँ दुर्घटना भएको हो । पोलमा ठक्कर खाइ नजिकै रहेको नहरमा खस्दा मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।