लोक सेवाको नक्कली परीक्षा, योजनाकार राय पक्राउ

काठमाडौँ । प्रहरी पोशाकमै ठगि गर्नेे एक जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षककै पोषाकमा नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सक्कली परीक्षा जस्तै गरि संचालन गरिएको सो परिक्षमा परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो । परीक्षर्थीहरुलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएर परिक्ष संचालन भइरहेको जनाएको छ । परीक्षामा सहयोग गर्ने व्यक्तिहरु समेत रहेको प्रहरीले जनाएको छ ।
बुधबार वीरगन्ज–१६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए।
उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए।
प्रहरीका अनुसार रायले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएका थिए।
उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।