राजदूत नियुक्तिप्रति नेकपामा असन्तुष्टि

काठमाडौँ । राजदूत सिफारिसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । बिहीबार सरकारले गरेको तीन राजदूत सिफारिसप्रति नेकपाभित्र असन्तुष्टि देखिएको हो ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीले तीन देशका लागि बिहीबार राजदूत सिफारिस गरेपछि नेकपा भित्र असन्तुष्टि देखिएको छ । नेकपाको सचिवालय र स्थायी समितिको निर्णय विपरीत राजदूत सिफारिसको निर्णय भएको भन्दै असन्तुष्टि देखिएको छ ।
नेकपाको सचिवालय र स्थायी समितिको निर्णय अनुसार सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर मात्र गर्ने भनिएको छ ।
उक्त सिफारिस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका अरु सदस्यहरुसँग छलफल नै नगरी गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्।
मन्त्रिपरिषद् पुनः गठनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले फेरि एकलौटी गर्न थालेको आशंका दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुले गरेका छन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवबाट लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बेलायतको राजदूतमा सिफारिस गर्नु पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्नु र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने निर्णय प्रति असन्तुष्टि देखिएको छ ।