वामदेव गौतमविरुद्धको मुद्दाकोे सुनुवाइ बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्ध मुद्दाकोे अब बुधबार सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा तोकेर बुधबारका लागि सारिएको सर्वोच्च अदालतले जनाएको छ ।
कानुन व्यवसायीका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।