कालोमोसो दलेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०८:३८
;

काठमाडौं । हुम्लामा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन् ।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जना पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएको बाहेक अरु सबै अपराध स्वीकारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

महिलाले कसैसँग प्रेम रहेको कुरा झुटो रहेको बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*