अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित एक जना पक्राउ
कपिलवस्तु । भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्णनगरका ५४ वर्षीय पप्पु गुप्ता रहेका छन् ।
कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले रकमसहित गुप्तालाई पक्राउ गरेको हो ।
उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय चार लाख जस्को नेपाली रकम ६ लाख ४० हजार हुन्छ ।
गुप्तालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने तयारी भइरहेको जनाएको छ ।











