मकवानपुरको जुरिखेतमा सुमो दुर्घटना २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको जुरिखेतमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका–६ अन्तर्गत पर्ने छोटो दुरीको हेटौंडा–काठमाडौं सडक खण्डको जुरिखेतमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको दक्षिणकाली सुमो सेवाको ना १ ज ४१०६ नम्बरको सुमो भिरबाट तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुमोमा सवार ७ जना मध्ये २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ
सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमो चालकसहित ३ जनालाई उद्धार गरि उपचारको लागि हेटौंडातर्फ पठाईएको छ भने अन्यको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।
घटनाको विषयमा विस्तृत विवरण आउँन बाँकी छ ।