जुरिखेत सुमो दुर्घटनाका घाईतेलाई चुरे हिलमा ल्याइयो

मकवानपुर । मकवानपुरको जुरिखेतमा सुमो दुर्घटनामा घाईते भएका ५ जनाको उद्धार गरि उपचारका लागि पठाईएको छ । सुमोमा सवार ७ जनामध्ये २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ५ जनालाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।
५ जना घाईतेमध्ये ४ जनालाई हेटौंडाको चुरेहिल हस्पिटल र एक जना बालको भिमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईको छ ।
भिमफेदी गाउँपालिका–६ अन्तर्गत पर्ने छोटो दुरीको हेटौंडा–काठमाडौं सडक खण्डको जुरिखेतमा सुमो दुर्घटना भएको हो ।
हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको दक्षिणकाली सुमो सेवाको ना १ ज ४१०६ नम्बरको सुमो भिरबाट सडकबाट करिब डेढ सय मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।