दशै लक्षित साल्ट ट्रेडिङको सुपथ पसलमा नुन मात्रै

एक साता पछि चिनी आउन सक्नेः हेटौंडा प्रमुख पाण्डे
हेटौडा न्युज
१८ आश्विन २०७७, आईतवार १४:२३
;

मकवानपुर । सामान्यताया दशैंमा सर्वसाधारणका लागि सहुलियत मूल्यमा खाद्यान्न खरीद गर्न सकुन् भनेर सरकारले सुपथ मूल्य सञ्चालनमा ल्याउने गरेको छ । यसै अनुरुप मकवानपुरको हेटौंडामा सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । हेटौंडाको चन्दन मिनि मार्केटमा नेपालीहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गरी सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले आज आइतबारबाट पसल सञ्चालनमा ल्याएको छ । तर सुपथ मूल्य पसलमा भने नुन मात्रै रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेश पाण्डेका अनुसार वीरगञ्जबाट हाल सम्म चिनी प्राप्त नभएको र एक साता भित्र चिनी आउन सक्ने सम्भावना मात्रै रहेको बताएका छन् ।

सर्वसाधारणले पसलबाट एक पटकमा ४ नुन र ४ किलो चिनी खरिद गर्न सक्ने छन् । पसलमा नुन प्रतिकिलो १८ रुपैयाँको दरले र चिनी प्रतिकिलो ७० रुपैयाँको दरले पाउने छन् । यस अघिका वर्षहरुमा पसलबाट नुन, चिनी, मैदा, पिठो लगायतका खाद्यान्नका सामग्री विक्री गर्ने गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*