नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना संक्रमण मुक्त भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा गरी १३ हजार ७ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।