क्याम्पसले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको आरोप
इन्ट्रान्स पास गर्दा पनि पढ्न पाईएन: विद्यार्थी
मकवानपुर । शैक्षिक सत्र २०७६ मा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले अहिलेसम्म पनि आफूहरुले पढ्न नपाएको प्रति सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय वन सकाय हेटौडाले गत पौष ५ गते प्रवेश परीक्षा लिएर रिजल्ट निकालेको भएपनि हाल सम्म भर्ना प्रकृया शुरु नगरी आफूहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विद्यार्थीहरुले क्याम्पस भित्रको राजनितिक चलखेल र क्याम्पस प्रशासनकै कमजोरीले गर्दा शैक्षिकसत्र सकिन लाग्दा समेत आफूहरुको भर्ना रोकिएको भनाई रहेको छ ।
उनीहरुले तत्काल भर्ना प्रकृया अघि बढाई निकास दिन आग्रह गरेका छन् । विद्यार्थीहरुको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा आफूहरुको लागि विभिन्न विद्यार्थी संगठनहरुले आवाज नउठाएको समेत उल्लेख गरेका छन् ।











