प्रदेश ५ को राजधानी दाङ कायम

हेटौडा न्युज
२० आश्विन २०७७, मंगलवार १६:०८
;

बुटबल । प्रदेश नम्बर ५ को प्रदेश सभाले स्थायी राजधानी दाङको देउखुरी कायम गरेको छ । आज प्रदेश सभामा भएको मतदानबाट दाङलाई स्थायी राजधानी कायम भएको हो । मतदानका क्रममा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो ।

प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीका अनुसार ८७ सदस्य रहेकामा ८२ जना सदस्यहरुले मतदानमा भाग लिएका थिए । दाङको देउखुरीको पक्षमा बहुमत आएपछि उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे थिए ।

त्यस्तै प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ । प्रदेश राजधानी विवादका कारण हिजो सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*