मकवानपुरको बागमती गाउँपालिकाको सेवा बन्द

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका असोज २२ गते सम्मका लागि बन्द गरिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण देखिए पछि गाउँपालिकाको अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत ३ जना कर्मचारीसहित ७ जनामा कोरोना संक्रमण देखिएकाले जोखिम न्युनिकरणका लागि गाउँपालिकाकोगरिएको जनाइएको छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिmका र वडा कार्यालयबाट हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा असोज २२ गतेसम्मका लागि बन्द गरेको जनाएको हो ।
संक्रमित कर्मचारीहरु हेटौंडाको गौरीटार आईसोलेसनमा उपचाररत रहेका छन् ।
यो संगै बागमतीमा संक्रमण पुष्टि हुनेको संख्या ११ पुगेको छ । जसमा हालसम्म ४ जना संक्रमण मुक्त भईसकेको र ७ जना उपचाररत रहेका छन् ।