क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारको ३ करोड

हेटौडा न्युज
२१ आश्विन २०७७, बुधबार १७:२२
;

मकवानपुर । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३ करोड रुपैया रकम हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको सो रगंशालाका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ रकम सहयोग हस्तान्तरण गरेको हो ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री पौडलले रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी गर्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गरे । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले बताए ।

रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएको बताए ।

सामाजिक बिकास मन्त्री युवराज दुलाल परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिए। उनले आवश्यता अनुसार सरकारले पुनस् सहयोग गर्ने बताए ।

रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेका छन् । लकडाउनले परिस्थिति जटील बनाए पनि रगंशालको काम नरोकिएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*