तस्वीरमा किसानका पीडा

हेटौडा न्युज
२२ आश्विन २०७७, बिहीबार ०९:००
;

मकवानपुर । नेपाल कृषि प्रधान देश हो तर यहाँका किसानको पीडा सधै उस्तै रहने गरेको छ । देश कृषि प्रधान भएर मात्र कहाँ पुग्दो रहेछ र कृषि प्रधान देशका किसानको समस्या पनि राज्यले बुझ्नु पर्ने हुन्छ ।

यसै विषयलाई समेटेर हेटौंडाको कृयशन स्टुडियो र हेटौंडा मल्टिमिडिया प्रा.लि. द्धारा संचालित हेटौंडा न्युज डटकमको सहकार्यमा किसानका पीडा समेटिएको तस्वीरहरु सावृजनिक गरिएको छ ।

सरकारी अनुदान तथा ऋण र बैँकका कृषि कर्जा वास्तविक किसान समक्ष पुग्न नसकेको, पहुचवालाको हातमा मात्र सरकारी अनुदान पर्ने गरेको, सरकारी निर्णय कार्यान्वयनमा समस्या रहेको जस्ता सन्देशहरु समेटेरको तस्वीरहरु सार्वजनिक गरिएको हो ।

तस्वीरमा किसानहरुको सधैको मल, विउका समस्याहरु देखाइएको छ । कसैको व्यक्तिगत स्वार्थका लागि किसानहरुले वर्षैदेखि यस्ता समस्या भोग्दै आएका र यस सम्बन्धमा सम्बन्धित निकायले चासो देखाउनु पर्ने, कृषि उपजमा विचौलियको हालिमुहाली चल्नु, विचौलियाका कारण कृषक र उपभोक्ता बिचको दुरी बढ्दै जानु जस्ता विषयलाई शसक्त रुपमा प्रस्तुत गरिएको छ ।

स्टुडियोका संचालक आदर्श पराजुली र पि.एस. मेकअप स्टुडियोकी पुजा श्रेष्ठको कन्सेप्ट तथा निर्देशनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका मक्रान्चुलीमा तस्वीरहरु खिचिएको हो ।

सार्वजनिक गरिएको तस्वीरमा संचालक पराजुली र शेखर दाहालले क्यामेरा चलाएका छन् भने अञ्जन ढकाल, सलिना वाँनिया, सोनु बस्नेत, सदिक्षा लामिछाने र आदिल अन्सारीलाई पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*