बजारमा उपभोक्ता ठगिए भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौडा न्युज
२२ आश्विन २०७७, बिहीबार १३:३८
;

मकवानपुर । आम उपभोक्ता सर्वसाधारण जनतालाई दैनिक उपभोग्यवस्तुमा व्यापारीले ठगी गरिरहेको भन्दै ज्ञापनपत्र बुझाईएको छ । उपभोक्ता हित संरक्षण मञ्च जिल्ला शाखा मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराईएको हो ।

मञ्चले दैनिक उपभोग्य वस्तुहरु तरकारी, खाद्यान्नमा खरीद मूल्यमा २० प्रतिशत बढी मुनाफा लिएर कालो बजारी रोक्न, उपभोग्य मिति कार्यान्वयनमा ल्याउन, देश बाहिरबाट आयातित वस्तुको भन्सारमानै खुद्रा मूल्य तोक्नु पर्ने, हाल प्रचलित उपभोक्ता संरक्षण ऐनको दफा ५५ को कसुर भित्र सम्बन्धित सरकारी निकायको आधिकारिक व्यक्तिलाई पनि दायित्व बोध गराउन संशोधन गर्नु पर्ने, विषादीयुक्त वस्तुको नियमन गर्नुपर्ने लगायत १६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।

मञ्चका केन्द्रीय सदस्य बासुदेब खतिवडा, जिल्ला अध्यक्ष मदन रिमाल र हेटौंडा नगर अध्यक्ष जुना मल्लद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उपभोक्ता संरक्षण ऐनको कसुरहरुको दफालाई अनुसूची–१ मा समावेश गर्न समेत माग गरिएको छ ।
स्थानीय प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा अनुसन्धान कार्यालयहरुले बेलाबेला बजार संयुक्त रुपमा अनुगमन गर्दा अनुगमन टोलीमा व्यावसायीहरुको छाता संगठनका प्रतिनिधि पनि समावेश गर्दा अनुगमन फितलो हुने गरेको बताउँदै आएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीका अनुसार अहिले भईरहेको अनुगमन नाम मात्रैको भएको र त्यो पनि पर्याप्त नभएको बताएका छन् ।

मञ्चको केन्द्रीय कार्यालयले देशका ७७ वटै जिल्लाका प्रशासन कार्यालयहरुमा एकै साथ ज्ञापन पत्र बुझाउने निर्णयानुसार मकवानपुरमा पनि ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाईएको बताईएको छ । ज्ञापनपत्र:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*