मनहरीमा खेलमा राजनिति गरेको भन्दै खेल बहिस्कार

हेटौडा न्युज
२३ आश्विन २०७७, शुक्रबार १०:२१
;

मकवानपुर । मकवानपुरको मनहरीको एक स्थानिय फुटबल क्लबले वडा स्तरिय फुटबल प्रतियोगिता बहिस्कार गरेको छ । मनहरीको वडा नम्बर १ मा बिहीबारबाट सुरु हुने भनिएको फुटबल प्रतियोगितामा सो वडाको एक क्लव सहभागि नहुने भएको हो ।

१ नम्बर वडाका अध्यक्ष शिवप्रसाद खनाललाई ‘बायस’ गरेको भन्दै स्थानिय मोडर्न यूथ क्लवले वडा स्तरिय फुटबल प्रतियोगिता बहिष्कार गरेको हो ।

नमूना युवा क्लवको आयोजनामा हुन लागेको वडा स्तरिय प्रतियोगितामा अध्यक्ष खनालसंग कुनै समन्वय नगरेको र उद्घाटनमा अतिथि समेत नबोलाएको भन्दै मोडर्न क्लवले खेल बहिष्कार गरेको जनाइएको छ ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको बिहिबार भएको उद्घाटन खेलमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा लगायतकाको उपस्थिती रहेको थियो ।

खेलकुद विकास समिति अध्यक्ष लामाले मन्तव्य व्यक्त गरिसक्दा पनि वडा अध्यक्ष खनाललाई अतिथिको आसन ग्रहण समेत नगराएपछि मोडर्नका पदाधिकारी तथा खेलाडीले खेल बहिस्कार गर्दै मैदान छोडेर हिँडेका हुन् ।

मोर्डनको बहिस्कार पछि बिहीबार हुने भनिएको उद्घाटन खेल सञ्चालन हुन सकेन ।

स्थानिय युवा क्लबले आयोजना गरेको खेलमा राजनीति गर्न खोजिएकाले खेल बहिस्कार गर्नु परेको मोडर्न क्लवका पदाधिकारीले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*