नारायणी संघद्वारा सिडियो नेपालको बिदाई

हेटौडा न्युज
२५ आश्विन २०७७, आईतवार १५:५५
;

मकवानपुर । पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरले हालै सरुवा भई बारा जिल्ला जाँदै गरेका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी मकवानपुरबाट सरुवा भई बारा जिल्लामा जाँदै गरेका सिडियो नेपालको बिदाई गरेको हो ।

संघका अध्यक्ष हिरालाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नेपाललाई खादा तथा मायाको चिनो प्रदान गरेर बिदाई गरेका हुन् ।

संघका अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नेपालले मकवानपुरमा रहेर गरेका कार्यको प्रशंसासमेत गरेका थिए ।

कार्यक्रममा बोल्दै सिडियो नेपालले मकवानपुरमा रहेर काम गर्दा सहजिकरण गर्ने सबैमा आभार प्रकट गरे ।

संघका महासचिव सरोज कुमार खनालले विगतका वर्षहरुमा पनि संघले मकवानपुरमा सरुवा भई र जाने सिडियोहरुको स्वागत तथा बिदाई कार्यक्रम गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताए ।

कार्यक्रमा संघका पुर्ब अध्यक्ष बद्रीप्रसाद चौलागाई, कार्यालय प्रमुख समुन्द्र खडका लगायतकाको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*