हेटौंडा उपमहानगरपालिकाको सेवा बन्दको निर्णय फिर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कार्यालय र मातहतका वडाहरु बन्द गर्ने निर्णय फिर्ता लिएको छ । उपमहानगरपालिकाकले एक सुचना जारी गर्दै यस अघि जारी गरेको कार्यालय र वडा कार्यालाय बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।
यस अघि उपमहानगरपालिकाले आगामी कात्तिक ६ गते सम्म कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
दशैंको समयमा सेवाग्राहीहरुलाई समस्या पर्ने भन्दै कडा रुपमा सुरक्षाका मापदण्ड अपनाएर कार्यालयबाट प्रवाह हुने सेवाहरु निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।