राप्रपा अध्यक्ष कमल थापालाई आइसियूमा भर्ना

हेटौडा न्युज
२ कार्तिक २०७७, आईतवार ०९:१०
;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई अस्पतालको आइसियूमा भर्ना गरिएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका थापाको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पतालको आइसियूमा भर्ना गरिएको हो ।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि थापा अस्पताल भर्ना भएका थिए । थापालाई चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा राखिएको छ ।

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*