बागमती प्रदेशका नेकपाका सांसदको दशैं भत्ता कोरोना कोषमा
मकवानपुर । बागमती प्रदेशका नेकपाका सांसदहरुले दशैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) बागमती प्रदेशका सबै प्रदेश सभा सदस्यको दशैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।
बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडलले सामाजिक संञ्जालमार्फत प्रदेशका मन्त्रिपरिषद्का सदस्यहरू नेकपाका सबै सांसदको दशैं भत्ता वापतको रकम बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानाएका छन् ।
देश अहिले कोरोना सङ्क्रमणका कारण महामारीको अवस्थामा छ, यो अवस्थाको सामना हामी सबैले मिलेर गर्नुपर्छ । कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताएका छन् ।











