संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन माधव नेपाल माग

हेटौडा न्युज
४ कार्तिक २०७७, मंगलवार १२:२५
;

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । एक प्रस विज्ञप्ती जारी गर्दै नेता नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको भन्दै सो निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*