हेटौंडामा पशु प्रवद्र्धन कार्यक्रम संचालन गरिने

हेटौडा न्युज
१७ कार्तिक २०७७, सोमबार ११:२३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले साना कृषकलाई लक्षित गरी पशु प्रवद्र्धन कार्यक्रम संचालन गर्ने भएको छ । उपमहानगरपालिका क्षेत्रका साना कृषकहरुलाई लक्षित गरी पशु प्रवद्र्धन कार्यक्रम संचालन गर्ने भएको होे ।

उपमहानगरका साना किसानलाई लक्षित गरी गाई, बाँख्रा, बंगुर र पाडापाडी प्रवद्र्धन कार्यक्रम संचालन गरिने हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले जानकारी दिएका छन् ।

नगरका विभिन्न क्षेत्रमा गाई प्रवद्र्धनका लागि २१ लाख ३३ हजार रुपैयाँ बजेट छुट्याइएको उनले बताए ।

यसैगरी साझेदारी बंगुर प्रर्वद्धन कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७७÷२०७८ मा १० लाख रुपैयाँ, बाख्रा उत्पादन पकेट क्षेत्र विकास कार्यक्रमको लागि १५ लाख रुपैयाँ, कृषि र पशुपंक्षी सम्बन्धि तथ्यांक अध्यावधिक कार्यक्रम गर्न डिजिटल मोबाइल माटो ल्याब स्थापना तथा परीक्षणका लागि सशर्त अनुदान बापत ५ लाख रुपैयाँ उपलब्ध गराउन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*