खाना अभियान रोक्न महानगरलाई साझा पार्टीको चुनौती

हेटौडा न्युज
१८ कार्तिक २०७७, मंगलवार १५:४८
;

मकवानपुर । खाना अभियान रोकेर देखाउन काठमाण्डौ महानगरपालिकालाई साझा पार्टीले खुल्ला चुनौती दिएको छ । साझा पार्टीले आज एक विज्ञप्ती जारी गर्दै कोरोना महामारीमा समस्यामा परेका व्यक्तीलाई खाना खुवाउने परोपकारी कार्यमा रोक लगाएको भन्दै महानगरलाई चुनौती दिएको हो ।

काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको हो ।

कोरोनाका कारण पछिल्लो समयमा कतिपय व्यक्तिहरुलाई खाना खान पनि समस्या भइरहेको बेला खुलामन्चमा केही परोपकारी संस्थाहरुले खाना खुवाइरहेका थिए । तर, काठमाडौं महानगरले त्यहाँ खाना नखुवाउन निर्देशन दिएपछि साझा पाटीले महानगरलाई चुनौती दिएको हो ।

यसको विरोधमा साझा पार्टीले खुलामन्चमा असहायहरुलाई खाना खुवाउनले भएको छ । पार्टीले जारी गरेको विज्ञप्ति अनुसार साझा पार्टीले खुलामन्चमा बुधबार बिहान र साँझको खाना खुवाउने भएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*