प्रधानमन्त्री ओली भेट्न ५ सचिवालय सदस्य बालुवाटारमा

हेटौडा न्युज
२२ कार्तिक २०७७, शनिबार १२:२६
;

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ पाँच शीर्ष नेता/ सचिवालय सदस्य बालुवाटार पुगेका छन् । पार्टी भित्र आन्तरी विवाद चुलीदै गएपछि सचिवालयका ५ सदस्यसहित प्रचण्ड लिखित पत्र बोकेर बालुवाटार पुगेका हुन् ।

नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बालुवाटार गएका हुन् ।

पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो ।

बैठकमा प्रचण्डले सहभागी नेताहरूलाई पार्टी फुटको गम्भीर दुर्घटनातिर जाने सम्भावना देखिएकै कारण ओलीसँगको समझदारीमै अनौपचारिक बैठक गर्नुपर्ने अवस्था आएको जानकारी गराएपछि बैठकले एकता जोगाउनका लागि प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेरै बैठकका लागि अनुरोध गर्ने निष्कर्ष निकालेको थियो ।

सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*