हेटौंडा भेट्रान्सलाई जर्सी सहयोग

मकवानपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिनियर म्यानेजर योग्यराज सापकोटा र मार्केटिङ मेनेजर केबल बानियाँले हेटौंडा भेट्रान्सलाई जर्सी तथा फुटबल सहयोग गरेका छन् । छिमेकी जिल्ला बाराको जितपुरमा सञ्चालन भैरहेको प्रथम भेट्रान्स कप फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा भेट्रान्सलाई सापकोटा र बाँनियाले जर्सी तथा फुटबल सहयोग गरेका हुन् ।
पहिलो खेलमा हेटौंडा भेट्रान्सले वीरगञ्ज भेट्रान्सलाई ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरिसकेको छ ।
खेलकुदका गतिविधिमा लागेकाहरुलाई हौसला बढाउने उद्देश्यले जर्सी, फुटबल तथा आवश्यक सहयोग गरिएको सहयोगी योग्यराज सापकोटाले जानकारी दिए ।
मंगलबार एक कार्यक्रमकाबीच जर्सी, फुटबल तथा खेलकुद सामग्री हस्तान्तरण भएको हो । १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।