मकवानपुर प्रहरीद्वारा ५ दिनमा ३७ जना फरार प्रतिवादी पक्राउ

हेटौडा न्युज
२६ कार्तिक २०७७, बुधबार १६:३२
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ दिनमा ३७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको ५ दिनको अवधिमा विभिन्न कसुर गरि फरार रहेका ३७ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

२०७७ कार्तिक २२ गतेदेखि २६ गतेसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला अदालत मकवानपुरबाट बिभिन्न मितिहरूमा भएको फैसलाले बिभिन्न शिर्षकका मुद्दाहरूमा जरिवाना तथा कैद सजाय तोकी फरार रहेका प्रतिवादीहरुलाई प्रहरी टोलीले पक्राउ गरिएको जनाइएको छ ।

प्रतिवादीबाट ८ बर्ष ५ महिना १५ दिन कैद सजाय र ८० हजार ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको छ । प्रतिवादीलाई कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको छ ।

त्यस्तै जिल्ला अदालत मकवानपुरको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय पठाउने कार्य भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*