राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

हेटौडा न्युज
३ मंसिर २०७७, बुधबार ११:१९
;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। नेकपाको सचिवालय बैठक र मन्त्रीपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्ने शितल निवास पुगेका हुन् ।

आज दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र आजै २ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । अघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्।

नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ।

हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*