करको दायरा बढाउनु पर्छ: मन्त्री पौडेल

हेटौडा न्युज
८ मंसिर २०७७, सोमबार ०९:४९
;

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करको दायरा बढाउनु पर्ने बताएका छन् । मनत्री पौडेलले आन्तरिक राजस्व बढाउन करको दायरा विस्तार गरी राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

नवौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता बढाउने र करसम्बन्धी कानुनको परिपालना फराकिलो बनाउँदै लानुपर्ने बताए।

यसका लागि कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्र्यौता असुली, बेरुजु फस्र्योटजस्ता परिपालनाका विधि कडाइका साथ लागू गर्न कर प्रशासनलाई मन्त्रीले निर्देशन दिएका छन्।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम् लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए।

यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा एवम् पहुँच विस्तारमा नतिजा देखिने गरी सुधार गर्न आवश्यक रहेको मन्त्री पौडेलले बताए।

अहिलेको प्रतिकूल समयमा आन्तरिक राजस्व विभाग र राजस्व कार्यालयले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए। करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध तथा आपसी विश्वास मजबुद बनाउन कर प्रशासनको अभौतिकीकरणलाई अघि बढाउनुपर्ने धारणा पनि विज्ञले अघि सार्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*