जनशक्ति सहकारीको संकलन केन्द्रको शिलान्यास

मकवानपुर । थाहा नगरपालिकाको जनशक्ति कृषक सहकारी संस्थाको तरकारी तथा फलफुल संकलन केन्द्रको शिलान्यास गरीएको छ । थाहा नगरपालिका–३ मा रहेको सहकारी संस्थाको एक कार्यक्रम बिच शुक्रवार तरकारी तथा फलफुल संकलन केन्द्रको शिलान्यास गरिएको हो ।
मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देवकोटाले संकलन केन्द्रको शिलान्यास गरेका हुन् ।
मकवानपुर जिल्ला सहकारि संघको संकलन केन्द्र सहकारि बजार बिकास कार्यक्रम अन्तर्गतको ७० प्रतिशत र सहकारी संस्थाको ३० प्रतिशत लागत साझेदारीमा केन्द्रको निमार्ण कार्य सुरु गरिएको सहकारीका उपाध्यक्ष राजकुमार के.सी.ले बताए।
संकलन केन्द्र निर्माण पश्चात् कृषकहरुको उत्पादनलाइ सहज रुपमा बजारिकरिण गर्न सहज हुने संस्थाका बताइएको छ ।
सहकारी संस्थाका अध्यक्ष बिमल के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका का निबर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, उपाध्यक्ष मेनुका दाहाल, सचिब दिनेश उपाध्याय, कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य बिमला कार्की, संघका ब्यवस्थापक गोबिन्द दाहाल, कार्यक्रम संयोजक शिबहरि दाहाल लगायतको उपस्थिति रहेको थियो ।