ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

हेटौडा न्युज
२२ मंसिर २०७७, सोमबार ०७:५५
;

दार्चुला । गएराति करीब १० बजे दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–१, भर्तोलामा ट्रक दुर्घटना हुदा तीनजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगा तर्फ गईरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताएका छन् ।

दुर्घटनामा परि ट्रक चालक २४ बर्षीय शेरसिंह कार्की र बाँकी दुईजनाको परिचय खुलेको छैन । दुर्घटनापछि उद्धारका लागि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीका प्रहरी टोलीले परिचालन गरिएको थियो ।

ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खोल्सामा खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*