मिडिया सरकारको प्रतिपक्ष मात्र हुन नहुनेः मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मिडिया सधै सरकारको प्रतिपक्ष मात्र हुन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्र पौडेलले मिडियाले सरकारको सही कामको प्रशंसा तथा गलत कामको खबरदारी गर्नुपर्ने बताएका हुन् ।
उनले केहि समाचारको उदाहरण गर्दै मिडियाले पक्ष वा विपक्ष नभनी सहि, सत्य सुचना सम्प्रेशण गर्नु पर्ने बताए । लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको उनको भनाइ थियो ।
सरकारका काममा सहयोग गर्नुपर्ने बताए । सरकार सधै मिडिया प्रति सकारात्मक रहेको बताउँदै प्रदेश भरका पत्रकारका समस्या सम्बोधन गर्ने पनि बताए ।
उनले सरकारले गरेको कामलाई जनता माझ पुर्याउन सहयोग गरेकोमा प्रशंसा गर्दै मिडिया समाजको पहरेदार भएको पनि बताए ।