भ्याक्सिनका लागि एडीबीको ९ अर्ब डलरको परियोजना

हेटौडा न्युज
२७ मंसिर २०७७, शनिबार ०८:११
;

काठमाडौँ । एसियाका विकासशील मुलुकमा कोरोना भ्याक्सिनको पहुाच पुर्याउने उद्देश्यले एसियाली विकास बैंक (एडीबी) ले ९ अर्ब डलर रकम बराबरको परियोजना सुरु गरेको छ । एडीबीले एसियाली विकासशील मुलुकमा प्रभावकारी र सुरक्षित रूपमा भ्याक्सिन पहुँचका लागि सो रकमको परियोजना तयार गरेको हो ।

कोभिड–१९ महामारीका कारण एसियाका विकासशील मलुकको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण छ । भ्याक्सिन पहुँचले कोभिड संक्रमणको शृंखला तोडिने र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने एडीबीको अनुमान छ ।

कोभिड–१९ का कारण एसिया र प्रशान्त क्षेत्रमा २ लाखभन्दा बढी मानिसको मृत्यु भएको र करिब डेढ करोड मानिसलाई कोभिड संक्रमण भएको एडीबीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*