हेटौंडामा नेविसंघ र तरुण दलको सिटी जुलुस

हेटौडा न्युज
२८ मंसिर २०७७, आईतवार १८:०२
;

मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले आज हेटौंडामा सिटी जुलुस निकालेका छन् । नेवि संघ र तरुणदलका युवाहरुले संयुक्त रुपमा सरकारको विरोध स्वरुप कांग्रेस पार्टी कार्यालयबाट सिटी जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागी युवाहरुले सिट्टी बजाउँदै सरकार विरोधी नारा (ओली सरकार मुर्दावाद, चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार) जसता नारा लगाएका थिए ।

जुलुस पार्टी कार्यलयबाट संगम चोक हुँदै, कान्तिराजपथ, स्कुलरोड हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यस्तै भोलि सोमबार कांग्रेसले देशव्यापी प्रर्दशन गर्ने तयारी रहेको छ । कांग्रेस मकवानपुरले पनि भोली हेटौंडामा दश हजार जनाको उपस्थितीमा चारैदिशा (उत्तरमा चौकिटोल, दक्षिणमा कर्रापुल, पूर्वमा कान्तिराजपथ र पश्चिममा राप्तिपुलबाट) सरकार विरोधी नाराहरु लगाउँदै विरोधको तयारी गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*